Logo

क्यान्सर पिडित अशोक हमालको उपचारका लागि सहयोग अपिल



काठमाण्डौं, माघ ६ । उदयपुर जिल्लाको ताप्ली नगरपालिका वडा नम्बर १ पिपल भञ्ज्याङ घर निवासी अशोक हमाल ब्लड क्यान्सरका कारणले गर्दा उपचारत छन । ३४ बर्षिय पिडित हमाल सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पातल महाराजगन्जमा अहिले उपचार गराइ रहेका छन ।

घरको एक्लो छोरो र बिवाह गरेको ३ बर्ष मै उनलाई ब्लड क्यान्सर जस्तो घातक रोगले छोएपछी हमालकी श्रीमती यतिबेला बिक्षिप्त बनेकी छिन् ।
अस्पातलमा हेरचाहर गर्दै उनले सुनाइन सकेको र भएको १५ लाख जती खर्च गरी सकियो आफन्तले पनि सक्दो सहयोग गरे । अब त न पैसा छ न उपचार गर्ने थप रकम नै । गरीब हुनु पनि पिडा नै रहेछ । मलिन अनुहारमा उनले सुनाइन ।

हमाल परिवारका ६ दिदी बहिनीको एक्लो छोरा हमाललाई क्यान्सर रोग कसरी भयो त ?

करीब १ बर्ष पहिले दुब्लाउने र पसिना आउने गर्थ्यो त्यती बेला केही वास्ता गरिएन । पछील्लो पटक डेङु रोगले थालिएपछी उपचारका चिराऊ अस्पातलमा राखियो । डेङु निको भएपनी उनलाई पूर्णरुपमा निको नभएपछी ॐ अस्पातलमा पुन भर्ना गरी ब्लड चेकजाँच गराउन भारत पठाउँदा ब्लड क्यान्सर देखिएको श्रीमती उर्मिलाले बताइन ।

अहिले उपचारका लागि थप ३० लाख लाग्ने तर यती ठुलो रकम आफुसँग नभएपछी दिन गनेर बसेकी छु भन्दै भावुक भइन् ।

डाक्टरले दिएको आश्वासनको पोको थापेर मनभरी गाँठो पार्दै सबैबाट सहयोग पाउने आशामा उनले थपिन सामाजिक सेवामा मेरा श्रीमान पनि हिंड्ने गर्नुहुन्थ्यो आज आँफैलाई परेको बज्रपातबाट पीडित छु कस्लाई र को सँग सहयोग मागुँ । भन्दै सहयोगको याचना गरी रहेकी छिन् ।
यद्दपी सहयोग गरिदिन सबैमा अपिल पनि गरेकी छिन् । सहयोगका लागि ग्लोबल आईएमई बैंक धापासी शाखा काठमाण्डौंको खाता नम्बर – ००८०७०१००११७७५ रहेको छ । सम्पर्क नम्बर – ९८४९२६२०८३ र ९८६०१५२९८२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता