Logo

पाल्पाको बिजयनगरमा पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना



पाल्पा, रामपुर ,पुष २८ । पाल्पाको रामपुर बिजयनगर चोकमा ठकुरी सहयोग संजालले पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक स्थापना गरेको छ । पुष २७ बुधबारका दिन ३०१ औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर शाहको मावली राज्य रहेको गाउँमा उक्त शालिक स्थापना गरिएको हो ।

थुंगा थुंगा फूललाई एउटै मालामा गाँसे झै राज्य राज्यलाई जोडेर एउटा सगोल नेपालकोको निर्माण गर्ने उनै राष्ट्र निर्माता प्रति ह्दय देखि नै सम्मान प्रकट गर्ने सानो प्रयास स्वरूप ३०१ औ एकता दिबस (२०७९ पौष २७) को पावन दिनमा रामपुर न.पा. ६, विजयपुर पाल्पामा स्थापना गरिएको केन्द्रिय अध्यक्ष अजय मल्ल ठकुरीले बताउनु भयो ।
कार्क्यक्रमका प्रमुख अतिथी स्थानिय जेष्ठ नागरिक अम्मर बहादुर हमालले शालिक अनावरण गर्नु भयो । अनवणपछी सेनाको टुकडीले सलामी दिएको थियो ।

शालिक स्थापनार्थका लागि हुम बहादुर शाहिको संयोजकत्वमा रतन बहादुर चन्द, रामु शाही ठकुरी (युएई ),दिपेन्द्र सिंह(दक्षिण कोरिया ),केशु ठकुरी (कतार)र साजन सिंह (अस्ट्रेलिया ) सदस्य रहेका थिए ।

शालिक स्थापनाका लागि नगरपालिकाको वडा नं ६ ले स्वृकिती दिएको थियो त्यस्तै बजार ब्यवस्तापन समितिसँग पनि समुन्वयन गरिएको संयोजक हुम बहादुर शाही ले बताउनु भयो । कार्यक्रममा बोल्दै आगामी दिनमा बजेट बिनियोजन गर्ने वडा अध्यक्ष देवकोटाले प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
शालिक निर्माणका लागि ४ लाख २० हजार रकम खर्च भएको अध्यक्ष मल्ल ले जानकारी दिनु भयो ।

बोम बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामपुर नपा वडा नं ६ का अध्यक्ष दिवाकर देवकोटा,पुर्व अध्यक्ष होमनाथ न्यौपाने,नेपाल प्रहरी,नेपाली सेना संजाल केन्द्रीय अध्यक्ष अजय मल्ल ठकुरी,लगायत संजालका केन्द्रिय सल्लाहकार,सदस्यहरु लगायत स्थानियहरुको सहभागीता रहेको थियो ।

शालिक अनवरण हुनु पुर्व झाँकी र बाजागाजा सहित र्‍याली निकाली कालीआँप,कालिगण्डकी कोरिडोर,गैदार,नयाँ बजार परिक्रमा गरि पुन: अनावरण स्थल पुगेको थियो ।

शालिक स्थापना गरिएपछी सो चोक नाम पृथ्वीचोक रहन गएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता