Logo

रोशन र अमिरलाई स्वर्ण



काठमाडौं, कात्तिक २९ । नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।
दुबइमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए ।
पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० ले पाखा लगाए । स्वर्ण भिडन्त अघि अमिरले भारतीय खेलाडीलाई पन्छाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता