Logo

राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला



काठमाण्डौं,भदौ १२ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बेसमेन्ट आइतबारबाट सेवाग्राहीका लागि पार्किङ गर्न खुला भएको छ।

यो सँगै राहदानीको लागि आउने सेवाग्राहीले विभागमा आजैदेखि पार्किङ गर्न पाउने छन् ।

यसअघि विभागले सेवाग्राहीका सवारीलाई भवनमा लगेर पार्किङ अनुमति दिएको थिएन। सेवाग्राहीले मोटरसाइकल बाहिर पार्किङ गर्ने गरेका थिए। शुक्रबार मात्र काठमाडौँ महानगरपालिकाले विभागको बेसमेन्ट खाली गराएको थियो ।

यो सँगै विभागले बाहिरका सडक वरिपरि अनावश्यक भीडभाड नगरदिन सेवाग्राहीलाई अनुरोध पनि गरेको छ ।

‘साविकमा यस विभागको बेसमेन्ट राहदानी आवेदकका लागि होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकोमा भदौ १२ देखि सेवाग्राहीका लागि पार्किङ स्थलका रूपमा प्रयोग हुनेछ’, विभागद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

यस्तै विभागले आइतबारदेखि राहदानी विभागमा लाइभ इलरोलमेन्ट सेन्टर कायम भएका सेवाग्राही मात्र आवेदनका लागि विभागमा आउन आग्रह गरेको छ।
यस्तै आवेदकहरू आवेदन फाराममा तोकिएको मिति र समयमा मात्र विभागमा आउन भनेको छ।

यस्तै तयार भएको राहदानी लिन आउने सेवाग्राहीहरू साविकमा झै गेट नं. २ बाट प्रवेश गर्न आग्रह गरेको छ।

यस्तै राहदानी सम्बन्धी सेवा लिन विभाग आउँदा आवश्यक अवस्थामाबाहेक सम्बन्धित आवेदक मात्र आउनले विभागले आग्रह गरेको छ।

काठमाडौं महानगरपालिकाले शुक्रबार विभागको बेसमेन्टमा रहेको पार्किङ खाली गराएको हो।

यी हुन् विभागका ५ आग्रह

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता