दसैंमा सिभिल अस्पतालका आकस्मिकबाहेक अन्य सबै सेवा बन्द

काठमाडौं : नयाँ बानेश्वरस्थित सिभिल अस्पतालले दसैं विदामा आकस्मिकबाहेक अन्य सबै सेवा बन्द गर्ने भएको छ। अस्पतालले बिहीबार एक सूचना जारी गर्दै कार्तिक ७ गतेदेखि ११ गते सम्म अस्पतालका आकस्मिकबाहेकका नियमित सेवाहरु बन्द गरिएको जानकारी गराएको हो।
‘कार्तिक ७ गते शुक्रबारदेखि ११ गते मंगलबारसम्म यस अस्पतालका आकस्मिक बाहेकका नियमित सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ।