आगामी तीन दिनको मौसम पूर्वानुमान : यी स्थानमा हावा हुरीसहित वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ ।
बुधबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र अन्य प्रदेशका पहाडी भू(भागका एक दुई स्थानहरूमा मेघ गर्जनरचट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार पनि प्रदेश १ लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।