२१ लाख मुल्यको मोटरसाइकल कसले छोड्यो अलपत्र ?
काठमाडौं । प्रहरीले काठमाण्डौका विभिन्न ठाउँबाट अलपत्र अवस्थामा रहेका सात वटा मोटरसाइकल बरामद गरेको छ । ति मोटरसाइकल निकै महंगो मुल्यका रहेको प्रहरीले जनाएको छ ।
भारतीय नाकाबाट भन्सार छलेर मोटरसाइकलहरू काठमाण्डौमा भित्र्याएको र नम्बर परिवर्तन गरेर चलाएको विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले खोजी गर्दा मोटरसाइकल बरामद गरेको हो ।
बरामद भएका सबै मोटरसाइकल ‘रोयल इन्फिल्ड, बुलेट’ ब्रान्डका रहेका र यी मोटरसाइकलको अन्दाजी मूल्य २१ लाख रुपैयाँ रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलबारे अनुसन्धान र कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाण्डौमा पठाइएको महाशाखाले जनाएको छ ।