Logo

तीन तले भवन भत्किँदा चार वर्षको बच्चासहित नौ जनाको मृ त्यु, पुरिएकाको उद्धार गर्दे प्रहरी



 

एजेन्सी । नाइजेरियामा एक भवन भत्किँदा त्यसमा परेर मृत्यु हुनेको संख्या नौ पुगेको जनाइएको छ । सोमबार दक्षिणी नाइजेरियाली लागोस राज्यको एक नगरमा तीन तले भवन भत्किएको र त्यसमा परेर नौ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ओनिग्बो नगरमा रहेको तीन तले भवन भत्किँदा त्यसमा परेर आठ जनाको मृत्यु भएको ताइएकोमा सोमबार राति थप एक जनाको शव भेटिएको हो । हिजो सो भत्किएको भवनको भग्नावशेषबाट एक चार वर्षको बच्चाको शव निकालिएको थियो । सो भवनमा अरु पनि व्यक्ति पुरिएको हुनसक्ने आशंकामा उद्धारको काम जारी राखिएको छ । सो भवनमा के कति मानिस थिए भन्ने बारेमा यकिन भने हुन सकेको छैन ।

यो पनि पढ्नुहोस् (जापानद्वारा थाइल्याण्डसँग रक्षा हस्तान्तरण सम्झौतासजापान र थाइल्याण्डले सैनिक उपकरण र प्रविधिको आपसी आदानप्रदानका लागि सोमबार जापानी प्रधानमन्त्री फुमियो किशिदाले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ।प्रधानमन्त्री किशिदाले आफ्ना थाई समकक्षी प्रयुत चान९ओ९चासँग बैंककमा भेटेर विश्वव्यापी र क्षेत्रीय महत्त्वका विषयमा छलफल गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता