आज कहाँ–कहाँ छ वर्षाको सम्भावना सर्तक रहनुहोला
काठमाडौं बैशाख २० । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भू(भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रही प्रदेश १ को एक वा दुई स्थानमा हल्का वर्षाको भइरहेको छ।
मंगलबार पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ। पहाडी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बुधबार देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू(भागमा मौसम सामान्यता सफा रहनेछ। देशको पहाडी भू(भागका केही स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। बिहीबार पनि देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही देशको अन्य भू(भागमा आंशिक बदली रहनेछ। देशको पहाडी भू(भागका केही र बाकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।