Logo

दुलही लिन गएका जन्ती बने मलामी, शोकमा डुब्यो गाउँ



 

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्ताहाबाट बेहुली लिन शुक्रबार राति जन्ती हिडेको थियो। डिजे बाजाको तालमा नाचगान गर्दै शुक्रबार राति खडक नगरपालिका–११ लालपुरका लागि जन्ती प्रस्थान गरेको थियो। जन्ती हिंडेपछि बाँकी गाउँलेहरू नयाँ बेहुलीको स्वागतमा प्रतिक्षारत थिए।

खुशीको प्रतिक्षामा बसेका गाउँलेहरूको आँखा अहिले रसाएको छ। बेहुली लिन शुक्रबार राति जन्ती हिँडेका गाउँलेहरू नै शनिबार मलामी बन्नु परेपछि गाउँमा सन्नाटा छाएको छ। दुलही भित्र्याउन हिंडेका जन्तीमध्ये २ दाजुभाईसहित ३ जनाको एकसाथ मृ त्युको खबरले गाउँलेहरूमा रुवावासी छ। “जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरू नै शव यात्रामा जानु पर्ने भयो” मन्दिप यादवले भने।

दुलही गाउँ भित्र्याउन हिंडेका जन्तीहरूको मृत्युपछि अहिले एउटै गाउँबाट ३ जनाको शव एकैसाथ घाट लैजाने तयारी भइरहेको छ। सिंगो गाउँ शोकमा डुबेको छ भने मृतक पप्पु यादवकी श्रीमती रूपादेबी बे’होस छिन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता