Logo

आगलागीमा जलेर आठ वर्षीय बालकले गुमाए ज्यान



 

 

सप्तरी । सप्तरीको बोदेबर्साइन नगरपालिका–१० अमरैंया टोलमा आज आगलागी हुँदा एक बालकको मृत्यु भएको छ । स्थानीय एक जनाको फुसको घरबाट सल्केर आगलागी भई पक्की घरमा सल्किँदा स्थानीय शत्रुधन यादवका आठ वर्षीय छोरा शैलेशकुमार यादवको मृत्यु भएको हो ।

बालक घरभित्रै रहेको अवस्थामा शत्रुधनको चारकोठे घरमा एकाएक आगो सल्किएपछि बालक घरमा भएको थाहा नभएपछि जलेर बालकको मृत्यु भएको प्रत्यक्ष दर्शीले बताएका छन् । आगलागी नियन्त्रणमा ढिलाइ भएकोले घरभित्र रहेका बालकको ज्यान गएको बुझिएको छ ।

दिउँसो ३ बजे आगलागी भएको हुँदा क्षति विवरण अहिले नै यकिन गर्न नसकिए पनि लाखौंको धनमालको क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता