विषालु च्याउ खाँदा ३५ जना बिरामी, १३ को निधन

एजेन्सी ।’ असममा विषालु च्याउ खाँदा १३ जनाको निधन भएको छ । असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच) का सुपरिटेन्डेन्ट डा। प्रशान्त दिहिंगियाले माथिल्लो असमका चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो दुई दिनमा १३ जनाको मृत्यु भएको छ ।
डा। दिहिंगियाले जानकारी दिँदै भने, ‘पछिल्लो पाँच दिनमा एएमसीएचमा माथिल्लो असमका चराइदेव, डिब्रुगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी भएका ३५ बिरामीलाई भर्ना गरिएको थियो जसमध्ये १३ बिरामीको मृत्यु भएको छ ।’
उनले भने, ‘सोमबार चारजनाको मृत्यु भएको थियो जबकी मंगलबार थप ९ जनाको मृत्यु भयो । सबै पीडितले आफ्नो घरमा जंगली विषालु च्याउलाई सामान्य च्याउ ठानेर खाएका थिए । यो च्याउ खाएपछि यी सबैलाई असजिलो भएको, बान्ता भएको र पेट उमठेको थियो । जब स्थिति झन् नाजुक भयो तब उनीहरुलाई एएमसीएचमा उपचारका लागि लगियो ।’