Logo

आईपीएल : गुजरातको पहिलो हार, हैदरावादको लगातार दोस्रो जित



एजेन्सी । इन्डियन प्रिमियर लिग ९आईपीएल० मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोरेको छ । सोमवार राति मुम्बईमा भएको खेलमा सनराइजर्स हैदरावादले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको गुजरातले सात विकेट गुमाएर १६२ रन बनाएको थियो । १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले ।

अभिषेक शर्माले ४२ रनको योगदान गरे । गुजरातका हार्दिक पाण्डयाले ४२ बलमा अविजित ५० रन बनाए । अभिनव मनोहरले २१ बलमा ३५ रन बनाउँदा हैदरावादका भुवनेश्वर कुमार र टी नटराजनले २–२ विकेट लिए ।

विलियम्सनले ४६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ५७ रन बनाए । हैदरावादका लागि निकोलस पूरनले १८ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै अविजित ३४ रन बनाएर टोलीको जित सुनिश्चित गरे ।

अहिलेसम्म दुवै टोलीले चार–चार खेल खेलिसकेका छन् । गुजरातले चार खेलमा तीन खेल जितेको छ भने एक खेलमा हार व्यहोरेको छ । जहाँ हैदरावादले दुई खेलमा हार र दुई खेलमा जित निकाल्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता