Logo

लेभान्तेमाथि बार्सिलोनाको रोमाञ्चक जित



एजेन्सी । रोमाञ्चक खेलमा लेभान्तेलाई ३(२ अन्तरले पराजित गर्दै स्पेनिस ला लिगामा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भ्यालेन्सियामा भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले १(० ले पछि परेको स्थितिमा खेल उल्टाउँदै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

बार्सिलोनाको जितमा पिएरे इमेरिक औबामेयाङ, पेड्री र लुक डि जङले एक एक गोल गरे । घरेलु टोली लेभान्तेकालागी जोसे लुइस मारालेस र गोन्जालो मेरेरोले एक एक गोल गरे ।​ लेभान्तेले दुबै गोल पेनाल्टीमा गरेको थियो । रोजर मार्टीको अर्को एक पेनाल्टी भने बार्सिलोनाका गोलकिपर मार्क आन्द्रे टेर स्टेगेनले बचाउ गरेका थिए ।

जितसँगै बार्सिलोनाले ३० खेलबाट ६० अंक बनाउँदै दोस्रो स्थानमा उक्लिएको छ । समान अंक भएपनि एक खेल बढी खेलेको सेभिया तेस्रो स्थानमा झर्यो । ७२ अंकको रियल मड्रिड शीर्ष स्थानमा रहेको छ । पराजित लेभान्ते भने २२ अंक सहित रेलिगेशन क्षेत्रमा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता