Logo

एकल पुरुषलाई मासिक पाँच सय भत्ता दिइने



लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले एकल पुरुषलाई मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक रूपमा पाँच सय उपलब्ध गराउने बताए ।

उनले स्थायी रूपमा बसोबास गर्ने पेन्सन भएका एकल पुरुषलाई भने यो सेवा उपलब्ध नहुने बताएका छन् । गुरुङका अनुसार नौ वडा रहेको यस पालिकामा ९३ जना एकल पुरुष रहेका छन् । पालिकाको मंगलबार बसेको ९६औं बैठकले फागुन महिनादेखि लागू हुने गरी सम्मान स्वरूप एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको हो ।

यो पनि, सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुने भएको छ ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् ९नाटा० सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट टाभल मार्ट हुने कार्यक्रमका संयोजक मायाप्रकाश भट्टले आज यहाँ आयोजित पत्रकारका सम्मेलनमार्फत जानकारी दिनुभयो ।

मार्टको पहिलो दिन उद्घाटनको औपचारिक कार्यक्रमबाट सुरु भई प्रदेशको पर्यटकीय उपजको व्यावसायिकीकरण गरी आयआर्जनसम्बन्धी कार्यपत्र प्रस्तुत हुने र त्यसपछि आमन्त्रित स्वदेशी तथा विदेशी अथितिसँग व्यावसायिक अन्तरक्रिया तथा छलफलको कार्यक्रम हुने संयोजक भट्टले बताउनुभयो ।

दोस्रो दिन अतिथिलाई धनगढीका धार्मिक तथा पर्यटकीयस्थल शिवपुरी धाम, जाखोर ताल, बेहडाबाबाधामको दर्शन तथा अवलोकन गराई कञ्चनपुरको बेतकोट, लिङ्गा हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, दोधाराचाँदनी झोलुङ्गेपुललगायत स्थलहरुको भ्रमण गराइने छ ।

तेस्रो दिन कैलालीको घोडाघोडी ताल, टीकापुर पार्क र कर्णालीपुल लगायतको भ्रमण तथा अवलोकन र कर्णाली नदीमा ¥याफ्टिङ गराई धनगढीमा कार्यक्रमको समापन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता