Logo

बेन्फिकामाथि लिभरपुलको सहज जित



एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा सहज जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकामाथि ३–१ को जित निकालेको हो ।

जितसँगै लिभरपुलले पहिले लेगमा ३–१ गोलको अग्रता बनाएको छ । लिसवोआमा लिभरपुललाई जित दिलाउन इब्राहिमा कोनाट, साडियो माने र लुइस डियाजले एक–एक गोल गरे । उता घरेलु टोली बेन्फिकाका लागि डार्विन नुनेजले एक गोल फर्काए । इब्राहिमा कोनाटले खेलको १७औं मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

३४औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । डार्विन नुनेजले बेन्फिकाका लागि ४९औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ गोलको अवस्थामा ल्याए । त्यसपछि खेलको ८७औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई ३–१ गोलको जित दिलाए । अब दुई टोलीबीचको दोस्रो लेग १३ अप्रिलमा लिभरपुलको घरेलु मैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता