बाँकेको नरैनापुरमा १५ घरगोठ ज’लेर नष्ट
बाँके । बाँकेको नरैनापुर गाउँपालिका भएको आ’गला’गीबाट १५ घरगोठ ज’ले’र नष्ट भएका छन् । गाउँपालिकाको वडा नं ४ स्थित कृष्णनगर गाउँमा सोमबार अपराह्न भएको आ’गला’गीबाट १५ वटा घरगोठ र चारवटा बाख्रा जलेको इलाका प्रहरी कार्यालय भोजपुर नरैनापुरका प्रमुख प्रहरी निरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आ’गला’गीबाट करिब रु १८ लाखको क्षति भएको आङ्कलन गरिएको छ । नरैनापुर गाउँपालिकाको दमकल, सुरक्षाकर्मी, रेडक्रसकर्मी र स्थानीय नागरिकको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आ’गला’गीबाट मानवीय क्षति नभए पनि घरगोठ जलेका कारण स्थानीयवासीलाई घरबासको समस्या भएको नरैनापुरका नागरिक अगुवा सोहनलाल यादवले बताउनुभयो । गर्मीयाममा नरैनापुरमा हरेक वर्ष आ’गला’गी हुने गरेको छ । फाईल फोटो