Logo

तेस्रो डि.ए.भी.प्लस टु इन्टर कलेज ट ए साइड फुट्सल प्रतियोगिताको भव्य समापन ।

काठमाडौं । कोभिडको महामारी पछि काठमाडौँ उपत्यकामा आयोजित सम्भवतः सबैभन्दा ठुलो अन्तर उच्च माध्यमिक फुटसल प्रतियोगिताको भव्य समापन भएको छ । डिएभी सुशील केडिया विश्व भारती उच्चमाध्यमिक विद्यालय, जावलाखेल,ललितपुरद्वारा आयोजित फुटसल प्रतियोगिताको तेस्रो संस्करणको उपाधि ओरियन्ट उच्चमाध्यमिक विद्यालयले आयोजक टिम डिएभी रेडलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले पराजित गर्दैे दुई लाख रुपियाँको ठुलो धनराशिका साथै ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

विजेता तथा उपविजेताहरूलाई विद्यालयका अध्यक्ष तथा सञ्चालक श्री अनिल केडिया तथा एकेडेमिक डायरेक्टर श्री सुमन बस्नेतले पुरस्कार वितरण गर्नुभएको थियो । यत्रो ठुलो धनराशि भएको सम्भवतः यो देशभरिकै उच्चमाध्यमिकस्तरीय प्रतियोगिता पनि हो । निकै प्रतिस्पर्धात्मक खेलमा अन्ततः पराजित हुनुपरेको आयोजक टिम डिएभी रेडले उपविजेतास्वरूप एक लाख नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको थियो ।

यस प्रतियोगितामा आयोजक टिम डिएभी रेडका सुमित थापा मगर प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसरी नै प्रतियोगिताका सर्वोत्कृष्ट गोलकिपर ओरियन्ट उच्चमाध्यमिक विद्यालयका सरोज पाण्डे घोषित भएका थिए भने सर्वाधिक गोलकर्ताको पुरस्कार दिवश विष्ट(डिएभी रेड),

विजय पौडेल(समृद्धि उमावि) तथा सुनील थिङ (इन्साइट भिजन उमावि)ले संयुक्तरूपमा बाँडेका थिए । यसअघि पहिलो संस्करणको फुटसल प्रतियोगितामा विजेता मोलिस उच्चमाध्यमिक विद्यालयले एक लाख तथा उपविजेताले पचास हजार नगद पुरस्कार प्राप्त गरेकामा दोस्रो संस्करणमा विजेता समृद्धि उच्चमाध्यमिक विद्यालयले नगद एक लाख पचास हजार तथा उपविजेताले पचहत्तर हजार रुपियाँको पुरस्कार प्राप्त गरेका थिए । यसपटकको प्रतियोगितामा पुरस्कार राशिमा समेत उल्लेख्य वृद्धि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता