Logo

कर्णालीमा मिनीबस खस्यो : चालक बोल्न नसक्ने, सहचालक बेपत्ता



काठमाडौं । कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन् । कालीकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने कर्णाली नदीमा मिनीबस खसेको हो ।

नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

आज दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताउनुभयो । “हाम्रोमा भएको इन्ट्रीअनुसार बसमा तीन जना मात्र देखिएको छ, त्यसमध्ये एक जना बेपत्ता हुनुहुन्छ ।’’

उहाँले भन्नुभयो, “चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ ।’’ उहाँका अनुसार चालक कृष्णबहादुर शाही छन् । यात्रु महिला कालीकोटको पचाल झरना गाउँपालिका–८ की सलानी कार्की हुन् । बेपत्ता सहचालकको पहिचान खुलेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता