Logo

प्रथम दिलबहादुर मेमोरियल कराँते च्याम्पियन शिप २०२२ यसरी भयो सम्पन्न



काठमाडौं । मनकामना डोजो म्हेपीको आयोजनामा छत्र बहादुर आलेको सभापतित्वमा प्रथम दिलबहादुर रम्तेल मेमोरियल ओपन कराँते च्याम्पियन शिप २०२२ सम्पन्न भएको छ।

नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्र विक्रम लाखेको प्रमुख आतिथ्यमा नयां बस पार्क बालाजुमा रहेको ह्वाईट हेवन एकेडेमीको प्राङ्गणमा सम्पन्न भएको हो।

प्रमुख आतिथ्य लाखेद्वारा पानसमा दिप प्रज्वलन गरि उद्घाटन पश्चात संचालन भएको कराँते प्रतियोगितामा २३ वटा विधामा २१ वटा टिमबाट जम्मा ३३५ जना खेलाडीहरुको सहभागी भएको थियो।

सो प्रतियोगिता मा प्रथम हुन सफल टिम मनकामना डोजो, दोश्रो बुढानिलकण्ठ डोजो र तेश्रो टिम हाईएसिया डोजो हुन सफल भएको छ ।
उत्कृष्ठ खेलाडी महिला तर्फ योन्जुन (yonjun)  लामा, पुरुष तर्फ फुर्वा सि़ं (sing)वाईवा हुन सफल भए छ भने
सान्त्वनामा पुरुष तर्फ मोहन सापकोटा र महिला तर्फ मनिषा वाईवा तामान (tamang)  तथा डिसिपिलियन टिम तर्फ साउथ वेल्थ हुन सफल भएको छ ।

कार्यक्रमलाई संयोजक नारायण श्रेष्ठ गर्नु भएको थियो भने टिमको संयोजक छत्र बहादुर आलेले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता