पाथिभरा माताले सबैको रक्षा गरुन् चैत १८ गते शुक्रबार, यस्तो छ तपाईको राशिफल
मेष
व्यापार व्यवसायमा उन्नती हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि भइ धन लाभ हुने दिन छ । आँटे गरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ । आफुले सोचेभन्दा बढी नै लाभ हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ ।
वृष
आर्थिक काम बन्छ तर काम गर्दा भने धेरै नै जोगिनु होला । यात्राको योग छ । घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ । खर्च लागे पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । सानो प्रयासले रोकिएको काम बन्नेछ ।
मिथुन
व्यक्तिगत काममा समय र धन खर्च हुनेछ । काममा विघ्नबाधा उपस्थित हुन सक्छन् । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ, सावधान रहनु होला । भौतिक साधनका पनि क्षति होला । अहिलेको समस्या तत्काल समाधान नहुन सक्छ, केहि रुपैँया पैसा भने खर्च गर्नुपर्ने छ ।
कर्कट
नयाँ काममा मन जानाले गरिरहेको काम ओझेलमा पर्ला । तपाईले अरुलाई गर्नु भएको बाचा पुरा हुने दिन रहेको छ । काम गर्नमा नै समय बिताए मन खुशी नै रहेपनि सोचे जती फाइदा हुने छैन । मन लगाएर काम गर्नु होला । टाढिएका आफन्तको यादले पिरोल्नेछ । अन्य कुरामा सुखले साथ दिनेछ, समयको भने बचत गर्नु होला ।
सिंह
आयआर्जनमा राम्रो दिन छ । केहि नयाँ काम गर्नको लागि परिवारजनको राम्रो सल्लाह आउने देखिन्छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धन लाभ हुनेछ । नउठ्ने पैसा पनि उठ्ने दिन छ । लामो समयदेखि रोकिएको काम बन्नेछन् । आम्दानीमा कमी हुने छैन । नसोचेको ठाँउबाट धन आउने दिन छ ।
कन्या
आज गरेको लगानीले राम्रो प्रतिफल दिनेछ । सामाजिक क्षेत्रमा बढी मन जाने देखिन्छ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ, धनको लाभ हुनेछ ।
तुला
हात हतियारबाट जोगिनु पर्ने दिन छ । अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ । कसैसँग बढी रिस पनि उठ्ला । काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ, भने कुसैसँग मनमुटाव हुन सक्छ ।
वृश्चिक
काममा मन नजानाले कामहरु अधूरै रहने सम्भावना छ । मान सम्मानमा आघात पर्ने देखिन्छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ । श्रमको उचित मूल्यांकन हुनेछ । तर काममा ढिलाई भइ सोचेको काम नबन्न सक्छ ।
धनु
चल अचल सम्पत्तिको कारोवार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ, यसले मान प्रतिस्ठामा राम्रो हुनेछ । पारिवारिक आवश्यकता पूर्ति होला । घर परिवारमा राम्रो सम्बन्ध बन्नेछ । दिन मनोरन्जका साथ बित्नेछ ।
मकर
प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ । परिवारबाट टाढा बस्नुपर्ने छ । साथै, साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला । आम्दानीको स्रोत समेत बढ्नेछ । वाहन चौपाया आधीको कामबाट फाइदा हुने देखिन्छ ।
कुम्भ
स्वास्थ्यले साथ नदिन सक्छ, सावधान रहनु होला । यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । सामान्य रुघाखोकीले पनि सताउला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, नसोचेको ठाँउमा धनको नाश हुने दिन छ ।
मीन
कामहरु आज सजिलैसँग बन्नेछन् । आर्थिक लाभ मिल्ने खालको समय छ, कसैबाट समर्थन पनि पाइएला । बुद्धि बिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । केहि अधुरा काम सम्पन्न हुनेछन् । पढाइमा मन जानेछ ।