मेडिकल व्यवसायीबाट राजनीतिज्ञ बनेका दुर्गा प्रसाईले खोले तरकारी दोकान
काठमाडौ । मेडिकल व्यवसायीबाट राजनीतिज्ञ बनेका विवादित छविका दुर्गा प्रसाईले फेरी नयाँ ब्यवसाय सुरु गरेका छन् । उनी नेकपा एमालेका केन्द्रीय सदस्य पनि हुन् । उनले तरकारी ब्यवसाय संचालन गरेका हुन् । किशानहरुलाई वजार उपलब्ध गराउन भन्दै उनले तरकारी बजार संचालनमा ल्याएका छन् । केही समय अघि नै संचालनमा ल्याइएको भएपनि कोभिडका कारण उनले तरकारी वजारको उद्घाटन गर्न पाएका थिएनन् ।
तर अब अवस्था सामान्य हुँदै गएपछि बुधवार उनले ब्यवसायको औपचारीक उद्घाटन गर्ने भएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै उनले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । ५० रोपनी जग्गामा तरकारी बजार सञ्चालनमा ल्याउन उनले २ अर्व रुपैया वजेट लागेको पनि बताएका छन् ।