Logo

मृत रुसी सेनाका शवहरु यत्रतत्र छन् तर शव लिन कोही आएनन्, युक्रेन सरकारले नै परिवारकहाँ पुर्याईदिने



काठमाडौं । रुसी फौ’जको नियन्त्रणमा रहेको मारिऊपोलका केही भूभागमा पहिलो पटक अन्तर्राष्ट्रिय पत्रकारहरू पुगेका छन्। रोयटर्स समाचारसंस्थाले त्यहाँ प्रलयकारी अवस्था देखिएको भन्दै आवासीय भवनहरू अपार्टमेन्ट ब्लकहरू जम्मै जलेर काला भएका उल्लेख गरेको छ। कैयौँ दिनसम्म भूमिगत आश्रय लिएर ज्यान जोगाएका परिवारहरू बाहिर निस्कँदै गरेको र शवहरूलाई बाटोकै छेउछाउमा गा’डिएको पत्रकारहरूले बताएका छन्।

जताततै भग्नावशेष मात्र देखिएको र खानेकुरा तथा खानेपानीको अभाव भएको उनीहरूले बताए। त्यहाँको अवस्था वर्णन गर्दै एक स्थानीयवासी नदेज्दा सुखोरूकोभाले भनिन्, “गाडी वा केटाकेटीको आवाजविहीन एक मृत सहर जहाँ ज’लि’रहेका घर र यत्रतत्र शव नै शव देखिन्छ।”

ह’म’लामा परी थुप्रै सर्वसाधारण मा’रिएका छन्। मारिओपोल लगभग चारैतिरबाट रुसी फौ’जको घेराबन्दीमा रहेको छ। रुसी अ’ति’क्र’मणअघि मारिऊपोलमा साढे चार लाख मानिसको घर थियो। अहिले तीन लाख मानिस बिजुली, ग्यास अथवा पानीको अभावमा बाँच्न बा’ध्य भएका छन्।

अधिकारीहरूका अनुसार ह’म’लाका कारण सहरका ८० प्रतिशत घर या त ध्व’स्त भएका छन् या त क्षतिग्र’स्त भएका छन्। ठाउँ(ठाउँमा थुप्रिएका मृत रुसी सेनाहरुको शवले अवस्था भयावह बनाइ दिएको उक्त क्षेत्रका गर्भनर भिटली किम बताउँछन् । उनले सर्वसधारणहरुलाई ती शवहरु संकलन गर्नमा मद्दत गर्न आग्रह गरिरहेका छन् ।

यस्तोमा गर्भनर किमले तिनलाई रेफ्रिजिरेटरमा राखेर डिएनए टेस्टिङमार्फत पहिचान गर्नका लागि रुस फिर्ता पठाउन पहल गरिरहेका छन् । तर यु’द्ध सुरु भएको एक महिना बितिसक्दा अझै पनि त्यस्ता शव कसरी रुस पठाउने भन्ने स्पष्ट भएको छैन ।

रुसमा मृत सेनाको संख्याबारे एकदम कमै उल्लेख गरिएको छ । यति मात्र नभएर रुसले यु’द्धका वास्तविकताबारे सूचनाको प्रवाह सीमित गर्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ भने बाहिरी मिडियालाई कुनै पहुँच दिएको छैन ।

आफ्ना परिवार गुमाएका वासिन्दाहरुलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘जे जस्तो भए पनि हामी रा’क्ष’स त हैनौं नि ।’ फेब्रुअरी २४ मा राष्ट्रपति पुटिनले यु’द्ध सुरु गरेपछि सबैभन्दा पहिलो निशानामा परेको क्षेत्र हो माइकोलिभ । तर जब’रज’स्ती घुस्ने प्रयास गरेका रुसी फौजलाई युक्रेनी सेनाहरुले क’ठिन ल’डा’ई ल’ड्दै’ बाहिर भगाएका थिए ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले यो विषयमा बोल्दै भनेका थिए, ‘यहाँ युक्रेनी भूमिमा मृत्यु भएका रुसी नागरिकहरुको कुनै गन्ती छैन जो अनायास यस यु’द्धमा मारिएका छन् । तपाईहरुलाई थाहा छ उनीहरुले शव डडाउने च्याम्बर पनि आफै ल्याएका छन् जसमा उनीहरुले मृत सेनाको शव तिनका परिवारलाई देखाउँदैनन् । उनीहरुका आमालाई तिनका छोराको स्थितिबारे पनि केही बताइँदैन र ला’श न’ष्ट गर्ने काम मात्र गरिन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता