Logo

कस्तो रहनेछ आजको मौसम



काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

मंगलबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बुधबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू(भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका भू(भागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता