Logo

बेलको दुई गोलमा वेल्सको जित



एजेन्सी । ग्यारेथ बेलको दुई गोलको सहयोगमा वेल्सले फिफा विश्वकप २०२२ अन्तरगतको प्ले अफको फाइनलमा स्थान बनाएको छ । बिहीबार राति भएको सेमिफाइनल खेलमा अष्ट्रियालाई २–१ गोलले पराजित गर्दै वेल्स विश्वकपको छनोट नजिक पुगेको हो ।

कार्डिफ सिटीमा वेल्सलाई जित दिलाउन बेलले दुई गोल गरे । अष्ट्रियाका लागि मार्सल सवित्जरले एक गोल गरे । बेलले खेलको २५औं मिनेटमा फ्रिकिकमा सिधै गोल गर्दै वेल्सलाई १–० को अग्रता दिलाए । ५१औं मिनेटमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।
मार्सल सवित्जरले ६४औं मिनेटमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । त्यसपछि दुबै टोलीबाट गोल नहुँदा वेल्सले फाइनलमा स्थान बनायो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता