आज पल शाहका पक्षका यि वकिलले बहस गर्दै, अदालतले के देला फैसला ?
काठमाडौ । अभिनेता पल शाह विरुद्धको कर णी मुद्दामा आज पनि जिल्ला अदालत तनहुँमा बहस भइरहेको छ । बुधवारवाट थुनछेकको बहस सुरु भएको हा । बुधबार पीडितका पक्षमा बुधबार ९ र पलका पक्षबाट बुधबार २ जनाले बहस गरेका थिए । बुधवार बहस नसकिएका कारण अदालतले थुनामा राख्ने वा रिहा गर्ने भन्ने विषयमा निर्णय दिएन ।
विहिवार पनि सो घटनामा अधिवक्ताहरुको बसह जारी छ । विहान ११ वजेवाट बहस सुरु भएको हो । विहान वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले पलको पक्षमा बहसको सुरुवात गरेका छन् ।
पीडितको पक्षबाट बुधबार जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताहरू राधिका खतिवडा, मोहना अन्सारी, किशोर सापकोटा, सरिता तिवारी, टेकनारायण गौतम, विमल लामिछाने, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारी र अधिवक्ता शिवराज काफ्लेले बहस गरेका थिए ।
पलका पक्षबाट बुधबार अधिवक्ताहरू भानुभक्त सुवेदी र परशुराम गिरीले बहस गरे । जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासमा जारी बहसमा बिहीबार पलका पक्षबाट बहस गरेका बरिष्ठ अधिवक्ता काफ्लेको बाँकी बयान दिने जनाएका छन् । त्यसपछि वरिष्ठ अधिवक्ता यदुनाथ खनाल, लव मैनाली, बार एसोसिएसन तनहुँका अध्यक्ष अधिवक्ता भानुभक्त सुवेदी, यज्ञबहादुर राना, सरिता भण्डारी, माधव घि