Logo

यमनमा एउटा आँखासहित जन्मिएका बच्चा चर्चामा : आखिर कसरी जन्मिन्छन् यस्ता शिशु ?



एजेन्सी । यमनको अल–बायदामा महिलाले एउटा आँखा भएका बच्चा जन्माइन । ती शिशुको जन्मिएको सात घण्टापछि निधन भयो । गल्फ न्युज अनुसार यी शिशुको जन्म अघिल्लो हप्ता बुधबार भएको थियो । यस्ता खालका शिशुको जन्म हुनु कुनै नौलो कुरा होइन । भारतमा पनि यस्तो जन्म भएको विभिन्न रिपोर्टमा उल्लेख छ । प्रश्न यो उठ्छ कि यस्ता शिशुको जन्मको कारण आखिर के हो रु

बच्चालाई देखेर सबै अचम्मित भएका थिएः

यमनको अल–बायदाको रदा शहरमा हुसैन अल अब्बासी आफ्नी गर्भवती श्रीमती जाहरालाई अल हिलाल अस्पताल लिएर गएका थिए । बच्चा जन्मिँदा उनको एउटा मात्रै आँखा थियो । डाक्टरका अनुसार यो आफ्नै खालको पहिलो घटना हो तर मेडिकल साइन्सको किताबमा यसबारे बताइएको छ । यसलाई साइक्लोप्स भनिन्छ । यमनका पत्रकार करिम जराईका अनुसार ती शिशुको एउटा मात्रै अप्टिक नर्भ थियो । मिडिया रिपोर्टका अनुसार संसारभरी ५० वर्षमा यस्तो प्रकारको ६ घटना सार्वजनिक भएको छ । ग्रिक र रोमन माइथोलोजीमा पनि एउटा आँखा भएकाहरुले कुरा गरिएको छ । यसलाई साइक्लोप्स भनिन्छ ।

हरेक वर्ष यस्ता लाखौँ बच्चा जन्मिन्छन्ः

संसारको हरेक देशमा केही नवजात शिशुमा यस्तो खालको समस्या देखिने गर्छ । संसारभरी हरेक वर्ष ८० लाख बच्चा असामान्य जन्मिन्छन् । यसमा हरेक वर्ष ३३ लाख बच्चा ५ वर्ष अघि नै आफ्नो ज्यान गुमाउने गर्छन् । यस्तै, बाँकी ३२ लाख शिशुको उपचार सम्भव पनि हुन्छ । यद्यपि, डाक्टरका अनुसार यस्ता खालका बच्चाको जीवन धेरै हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता