११३ यात्रु बोकेर चीनको ग्वान्झाऊ जाँदै गरेको विमान दुर्घटना
एजेन्सी । चीनको एउटा जेट विमान दुर्घटनामा परेको छ । १३३ यात्रु सवार चाइना इस्टर्नको बोइङ ७३७ दक्षिणपश्चिम चीनको ग्वाङसी क्षेत्रमा दुर्घटनग्रस्त भएको हो ।
सो विमान एउटा पहाडी क्षेत्रमा ठो क्कि एपछि आ गो लागेको प्राप्त प्रारम्भिक विवरणहरुमा जनाइएको छ । घटनास्थलमा उद्दार समूह पठाइएको बताइएको छ । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार केही बेरअघि एउटा यात्रुवाहक दुर्घटना भएको हो। समाचार अनुसार चाइना इस्टर्न एयरलाइन्सको जहाज १३३ यात्रुसहित कुङमिङबाट ग्वान्झाऊ जाने क्रममा दुर्घटनामा परेको हो। यो जहाज ग्वान्सी क्षेत्रस्थित पहाडमा खसेपछि आ गो लागेको देखिएको छ।
यो पनि, रुस र युक्रेनबीच यु द्ध चलिरहेको समयमा युक्रेनबाट नेपालमा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको विभिन्न वस्तु भित्रिएको छ । युक्रेनबाट नेपाल भित्रेका वस्तुमा ठूलो हिस्सा कच्चा भटमास तथा सनफ्लावर तेलको रहेको छ ।
रुसले गत फागुन १२ गतेबाट युक्रेनमाथि सैन्य आ क्रम ण सुरु गरेको थियो । त्यसपछि हालसम्म दुई देशबीच यु द्ध चलिरहेको छ । यो यु द्ध चलिरहेको करिव एक महिनाको अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ ।
विभागले सोमबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ८ महिनामा युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँको वस्तु भित्रिएको छ । सो अवधिमा नेपालबाट युक्रेनमा मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु गएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्षमा रुस र युक्रेनबीच यु द्ध सुरु हुनुअघिसम्म युक्रेनबाट नेपालमा १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँको वस्तु आएको थियो ।
चालु आर्थिक वर्ष २०७८र७९ को साउनदेखि फागुनसम्म युक्रेनबाट १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल नेपाल भित्रिएको छ । विभागका अनुसार सोही अवधिमा युक्रेनबाट नेपालमा ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँको तोरी भित्रिएको छ ।