लेटाङ प्रहरी मृ त्यु प्रकरणः ६ जना प क्राउ
मोरङ । मोरङको लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी आइतबार भएको झडपपछि प्रहरीले प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले यस घटनामा अनुसन्धानको लागि सोमबार ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । ‘प्रहरीले घटनाको अनुसन्धानको लागि ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ,’ मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले भने, ‘शंकास्पद व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।’
मोरङ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाममा भने गोप्य राखेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । यस घटनाको छानबिन पनि हुने उनले बताए ।
२४ वर्षीय प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको आइतबारको झडपपछि स्थिति तनावपूर्ण बनेकाले मोरङको लेटाङ–५, खेरुवा वरपरको क्षेत्रमा सोमबार बिहान ७ बजेदेखि अर्को आदेश जारी नहुन्जेल सम्मका लागि जिल्ला प्रशासन कार्यालय मोरङले कर्फ्यू लगाइएको छ । साभार रातो पाटि