Logo

देशभर तापक्रम बढ्ने क्रममा, केही स्थानमा वर्षाको सम्भावना



 

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू(भागमा आंशिक बदली र अन्य भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर तापक्रम बढ्ने क्रममा रहेको छ । शनिबार काठमाडौँको उच्चतम तापक्रम ३१‍।५ डिग्री सेल्सियस पुगेको थियो । सबैभन्दा उच्च तापक्रम भने धरानमा ३६।७ डिग्री सेल्सियस मापन गरिएको थियो । त्यस्तै विराटनगरमा ३६।६ डिग्री सेल्सियस तथा भैरहवामा ३६।५ डिग्री सेल्सियस तापक्रम पुगेको थियो ।

आइतबार सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ लगायत बाँकी प्रदेशको पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली र अन्य भू(भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको र हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता