दवावमा परेपछि प्रकाश सपुतले गरे ‘पीर’को नयाँ भिडिओ अपलोड
काठमाडौं । विवादमा आएपछि गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पिरका केही दृश्य सम्पादन गरी पुनः अपलोड गरेका छन् । माओवादी जनमुक्ति सेना दे’ह’व्या’पा’रमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएपछि त्यसलाई हटाएर नयाँ भिडियो अपलोड गरिएको सपुतले जनाएका छन् ।
गीतको चर्चा यति भएको थियो कि माओवादी कार्यकर्ता तथा नेताहरूले यसलाई हटाउन दबाब दिएका थिए।
युट्युबमा भिडिओ १ करोड पटक हेरिएको थियो। युट्युबमा यौ’नक’र्मीको दृश्य का’टे’र नयाँ अपलोड गरेपछि सपुतले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेका छन् ‘कहिलेकाहीँ त लाग्छ
खैर, पीरले सफलता मात्रै होइन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक स्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूहर समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने चेत गराएको छ।’
पिरमा प्रतीकात्मक रूपमा राखिएको एउटा दृश्यले र पात्रले चित्रण गरेको सम्बन्धित समूहको आ’ त्मसम्मानमा त चो’ ‘ट पुग्नुका साथै नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘नियोजित रूपमा माओवादी आन्दोलनलाई बदनाम गर्न खोजिएको भन्ने बुझिने र त्यसले उठाएको अन्य यथार्थ विषयहरू विषयान्तर भइरहने जस्तो भयो ।