Logo

रुसले फेरी गर्यो युक्रेनका नयाँ तीन सहरमा आ क्रमण



 

एजेन्सी । शुक्रवार रुसी सेनाले युक्रेनको दुई फरक दिशामा रहेका सहरमा आ क्र मण गरेको विवरणहरू आएका छन्। युक्रेनी टीभी र सञ्चारमाध्यमहरूले उत्तर(पश्चिममा रहेको लुट्स र मध्य(पूर्वमा रहेको नीप्रो सहरमा वि स्फो टहरू भएको बताएका छन्।

यी दुवै सहरमा यसअघि आक्रमण भएको थिएन। लुट्समा गरिएको आ क्र मणमा त्यहाँको वायुसेनाको विमानस्थल र ल डाकु विमान मर्मत गर्ने कारखानामा भएको बताइएको छ।

लुट्सका नगरप्रमुखले विस्फोट भएको पुष्टि गर्दै सबैलाई सुरक्षित स्थानमा बस्न फेसबुकमा लेखेका छन्। उनले नागरिकलाई आफ्नो तस्बिर, ठेगाना र अन्य विवरण प्रकाशन नगर्न अनुरोध गरेका छन्।

नीप्रोमा तीन स्थानमा वि स्फो ट भएको बताइएको छ। नीप्रोमा विस्फोटका तस्बिरहरू युक्रेनले सार्वजनिक गरेको छ। यसैबीच रुसी रक्षा मन्त्रालयले लुट्स र अर्को पश्चिमी सहर इभानो(फ्रान्किभिस्कमाथि आक्रमण गरेको पुष्टि गरेको रुसी समाचार माध्यमले जनाएका छन्।

इभानो(फ्रान्किभिस्कका नगरप्रमुखले फेसबुक पोस्टमा आ क्र मणको पुष्टि गरेका छन्। उनले शत्रुले हमला गरेको लेखेका छन्। युक्रेनको रक्षा मन्त्रालयले आफ्नो पछिल्लो रिपोर्टमा युक्रेनी यु द्ध बन्दीहरूलाई रुसी फौजका लागि ल ड्न आग्रह गरिएको र दक्षिण पूर्वी रस्तभ क्षेत्रमा रुसी फौजको सङ्ख्या घटेपछि त्यस्तो प्रयत्न गरिएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता