Logo

कसरी त’नावग्र’स्त बन्यो सुर्खेत ?



 

सुर्खेत । कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा सोमबार साँझबाट कर्फ्यू जारी छ । एमसीसी पारितको विरोधमा सोमबार आह्वान भएको बन्दका क्रममा एमालेको पार्टी कार्यालय र प्रहरी बिटमा आ’गज’नी भयो । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा(एकीकृत समाजवादी) को कार्यालयमा तो’डफो’ड भएपछि वीरेन्द्रनगरमा कर्फ्यूको स्थिति पैदा भएको हो ।

शान्त वीरेन्द्रनगर कसरी एकाएक रणभूमि बन्यो रु एमसीसीलाई ‘राष्ट्रघाती’ सम्झौता भन्दै विरोध जनाउँदै आएका ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार नेपाल बन्दको आव्हान गरेका थिए । नेपाल बन्दको आयोजना गर्ने विप्लवको ९नेपाल कम्युनिष्ट पार्टी०, नेपाल कम्युनिष्ट पार्टी (मसाल), नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) , राष्ट्रिय जनमोर्चा, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी९ऋषि कट्टेल०, वैज्ञानिक समाजवादी कम्युनिष्ट पाार्टीसहितले गरेका थिए ।

कर्णालीमा यी दलको राजनीतिक संगठन त्यति बलियो छैन । सुर्खेतमा झनै कम रहेको छ । सोमबार बिहान यी राजनीतिक दलले निकालेको र्‍यालीमा न्यून सहभागिता थियो ।

कार्यकर्ता बिहानै ६ बजे नै बजार बन्द गराउँदै हिडेका थिए । बन्दका कारणले बजार, स्कुल, सवारीसाधन चल्न सकेनन् । दिउँसो १२ बजेसम्म सुर्खेत बजार शान्त नै थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता