Logo

एमसीसीका कारण फेरी कम्युनिष्ट एक हुँदै ओली र प्रचण्ड पनि अब दोस्रो तहका नेताबीच गम्भिर छलफल



 

काठमाडौ । अमेरिकी सहयोग एमसीसीका बारेमा सत्ता गठबन्धनबीच सहमति बढ्न नसकेको बेलामा अहिले फेरी राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । प्रधानमन्त्री शेर वहादुर देउवाले एमसीसीका बारेमा गठबन्धन दलका नेताहरुबीचमा सहमति जुटाउन नसकेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग सहयोग माग्न पुगेका छन् ।

 

यस्तो अवस्थामा अब देउवा ओलीको साथ लिएर एमसीसी पास गर्ने योजनामा छन् । आज ओली र देउवाबीच भेटवार्ता भएपछि प्रचण्ड ओलीको कार्यकक्षमा पसेका थिए । उनीहरुबीच पनि गो प्य बार्ता भएको छ । ओली र प्रचण्ड एक्लाएक्लै छलफल गरेपछि दुवै पार्टी दोस्रो तहका नेताहरूसहित छलफल भइरहेको छ ।

बानेश्वर स्थित संसद् भवन बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेता ओलीको कार्यकक्षमा दुई नेताबीच वान अन वान वार्ता समेत भएको प्रचण्डको सचिवालयले जनाएको छ । तर एमसीसीका कारण अब गठबन्धन भत्कने अवस्थामा पुगेको छ । प्रधानमन्त्री कुनै पनि हालतमा एमसीसी पास गराउन खोज्ने तर प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहमत नहुने अवस्था आएपछि गठबन्धन भत्कन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता