Logo

दुईवटा रेडपाण्डाको छालासहित युवक प क्राउ



काठमाडौं । महानगरपालिका–२६ स्थित नयाँ बसपार्कबाट प्रहरीले दुईवटा रेड पाण्डाको छालासहित १ जना युवकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका घर भएका २६ वर्षीय नवराज केसीलाई प क्रा उ गरेको हो ।

 

ललितपुरको एकान्तकुनाबाट पछ्याएर आरोपीलाई नयाँ बसपार्कको होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता(एसपी) सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । प्रहरीले उनको साथबाट दुईवटा रे ड पाण्डाको छाला ब रामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त सातदोबाटोमा केही दिनअघि मात्र डिएसपी मदन केसीले कमाण्ड सम्हालेका थिए । रेड पाण्डासहित प क्रा उ परेका युवकलाई कानुनी कारवाहीका लागी डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता