Logo

एमसीसीका बारे गठबन्धन दलबीच सहमति, माइतीघरमा एक हजार सुरक्षाकर्मी परिचालन



 

काठमाडौ । लामो समयको रस्साकस्सी पछि एमसीसी टेबल गर्ने विषयमा प्रधानमन्त्री शेरवहादुर देउवा गठबन्धन भित्रका दललाई मनाउन सफल भएका छन् । आइतवार बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलहरु एमसीसी संसदमा टेवल गर्ने विषयमा सहमतिमा आएका हुन् । एमसीसीको विरोध गर्दै माओवादी केन्द्र र एकिकृत समाजवादीका कार्यकर्ता सडक आन्दोलनमा छन् ।

तर कांग्रेसले यि सबै दललाई एमसीसी संसदमा टेवल गर्ने विषयमा मनाएको हो । ए। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले बताए। यादवले भने, “गठबन्धनमा सहमति भएको छ। आज संसद्‌मा टेबल हुन्छ।” सोही विषयलाई लिएर प्रदर्शन हुन सक्ने भन्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

काठमाडौंका सडकमा आज मात्रै दुई हजार बढी प्रहरी परिचालन गरिएको छ । नयाँ बानेश्वर, बबरमहल, माइतीघरमा सुरक्षाकर्मी बढी खटाइएका छन् । नयाँ बानेश्वर क्षेत्रमा मात्रै एक हजारको संख्यामा प्रहरी खटाउने तयारी छ । आज एमसीसीको विरोधमा विभिन्न संघ–संगठनहरूले प्रदर्शन गर्ने तयारी गरेका छन् ।

आइतवार बालुवाटारमा भएको गठबन्धनको बैठकमा एमसीसीका विषयमा पाँचै पार्टीका नेताहरूले आ आफ्नो धारणा राखेका थिए। उनीहरूले यस विषयमा संसद्मै छलफल गर्न उपयुक्त हुने निश्कर्ष निकालेका हुन्।

आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। कार्यव्यवस्था परामर्श समितिको एमसीसी सम्झौतलाई प्रतिनिधि सभामा टेबल गर्ने कार्यसूची तय गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता