Logo

राजनीतिमा लागे ज्ञानेन्द्र शाही, ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ लाई नै अर्को पार्टीमा मिलाए



 

काठमाडौ । आफुलाई भ्रष्टाचार वि रु  द्धको अभियन्ता दा वी गर्ने ज्ञानेन्द्र शाही पनि राजनीतिमा प्रवेश गरेका छन् । उनले नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित भएको छ । शुक्रवार उनले आफ्नो समुहलाई राप्रपामा समाहित गरेको घोषणा गरेका हुन् ।

राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आज आयोजित एक कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’बीच एकता घोषणा गरिएको सो पार्टीले जनाएको छ । उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा स्वागत गरेका छन् ।

राप्रपाले निकालेको जुलुसमा देखिएका शाहीले शुक्रवार औपचारीक रुपमा सो पार्टीको सदस्यता लिएका हुन् । बुधवार र विहिवार एमसीसी वि रु द्ध काठमाडौमा ठूलो प्रदर्शन भएको थियो । वि रोध प्रदर्शन आज पनि जारी छ । एकता घोषणा नहुँदै शाही एमसीसीवि रु द्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका उनले शुक्रवार भने सदस्यता ग्रहण गरे ।

मंगलबार बसेको राप्रपाको केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा। धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता