श्री पाथिभरा माताको दर्शन गरि फागुन ४ गते बुधबारको , तपाईको राशिफल यस्तो छ ।
मेष –
विगतका समस्या बल्झिन सक्छन् । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । व्यापार व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ । सहयोगको आशा देखाउनेहरूले झुक्याउलान्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै होला ।
बृष
संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ ।
मिथुन
लगानी र श्रमको उचित मूल्य नपाइने समय छ । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।
कर्कट
तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । आफ्ना विषय वस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ ।
सिंह
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ ।
कन्या
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ ।
तुला
यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ । पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बलजफ्तीले चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ ।
बृश्चिक
चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ । तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ ।
धनु
आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई बचन दिने बानीले दुःख पाइनेछ ।
मकर
पढाइ लेखाइमा प्रगति हुनेछ । पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला । व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ । आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिने बेला छ ।
कुम्भ
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ । काम बिग्रने भयले सताउला । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने समय छ ।
मीन
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला । सरकारी कडिकडाउको सिकार भइनेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ ।