Logo

हिसिला यमीको पार्टीमा वि वाद चर्केपछि समावेशी लोकतान्त्रिक नयाँ पार्टी दर्ता गराउँदै



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल( भित्र वि वाद च र्किंदै जाँदा हिसिला यमीले समावेशी लोकतान्त्रिक पार्टी दर्ता गराउने प्रयासमा जुटेकी छिन् ।

उनको पति पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईलगायतले जसपा नेपालमा ‘समावेशी र सामूहिक नेतृत्व’का लागि अध्यक्ष उपेन्द्र यादववि रु द्ध संघर्ष चर्काइरहेको बेला यमीले भने ‘समावेशी लोकतान्त्रिक पार्टी’ दर्ता गराउने प्रयासमा जु टेकी हुन् ।

त्यसका लागि गृहकार्य गरीरहेकी नेतृ यमीले भने यसवारे कुनै प्रतिक्रिया दिन मानिन् ।‘पत्रकारहरूले पनि के के थाहा पाउँछन, पाउँछन म यसबारे केही बोल्दिनँ,’ यमीले संक्षिप्त प्रतिक्रिया दिँदै भनिन् । न्युज कारखानाको प्रश्नमा हो वा होइन कुनै प्रतिक्रिया नदिएकी नेतृ यमी जसपा नेपालकी कार्यकारिणी सदस्य छिन, जो अध्यक्ष यादवको वि रु द्धमा पार्टी भित्र सं घर्ष गरिरहेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता