४ दिन देखि बन्द रहेको नेपाल भारत सिमा खुल्यो

काठमाडौ । चार दिनदेखि बन्द नेपाल–भारत सीमाना मंगलवार देखि खुलाइएको छ । भारतमा भएको निर्वाचनका कारण चार दिन देखि झुलाघाट नाका बन्द गरिएको थियो । मंगलवारवाट नाका खुलेपछि स्थानियलाइ सिमा वार पार गर्न सजिलो भएको छ ।
भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ ९फागुन २ गते० विधानसभा निर्वाचन भएको थियो । निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।
बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। निर्वाचनमा सुरक्षा संवेदनशीलताका कारणले गर्दा दुवै देशको सहमतिका आधारमा नाका बन्द गरिएको थियो । सीमा बन्द रहेको अवधिमा आकस्मिकरूपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने बताइएको थियो।