पूर्वमुख्यमन्त्री शेरधन राईले ‘आई लभ यु बुढी’ भन्दै कार्यक्रममै झ्यापै चु म्बन गरेपछि ‘‘ (भिडियो सहित)

काठमाडौं । प्रदेश १ का पूर्वमुख्यमन्त्री एवम् प्रदेश सभा सदस्य शेरधन राई अहिले टिकटकमा भाईरल भएका छन् । हिमालय टेलिभिजनद्धारा प्रशारीत कार्यक्रम जीवन साथीमा श्रीमतीसँग राखेको भावना र गरेको चु म्बन अहिले टिकटकमा भाइ रल भएको हो।
टेलिभिजन कार्यक्रममा उपस्थिती भएका वेला पूर्वमुख्यमन्त्री राईले श्रीमती जाङ्मु शेर्पालाई कार्यक्रममै किस गरेको दृष्य टिकटकमा देख्न सकिन्छ। राईले ‘आई लभ यु बुढी’ भन्दै किस गरेका छन् भने शेर्पाले ‘आई लभ यु टु बुढा’ भन्दै त्यसको प्रतिक्रिया दिएकी छिन् । यो भिडियो हाल सालैको हो। टेलिभिजन कार्यक्रममा यस्तो गरेपछि उनीहरु अहिले चर्चामा छन् ।
राईले ०७७ माघ ११ गते शेर्पासँग विवाह गरेका हुन । शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ पनि हुन। विवाह पुर्व उनीहरु करिब एक वर्ष प्रेम सम्बन्धमा थिए। ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै जाङ्मु चर्चामा आएकी हुन् ।
त्यो बेलादेखि नै राई र जाङ्मु नजिकिएको स्रोतको भनाइ छ। जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन्। राईको पुर्खौली घर भोजपुर हो । २६ वर्षको उमेरमै २०६५ सालमा भोजपुरबाट सांसद बनेका राई त्यसयता लगातार राजनीतिमा उदाएका छन्।उनी २२ वर्षको बीचमा तत्कालिन एमालेको जिल्ला सचिव, अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पोलिट्व्यूरो सदस्य र संघीय सरकारको मन्त्री तथा मुख्यमन्त्री भएका हुन्।