Logo

काठमाडौमा भित्रियो वर्ड फ्लू, कुखुरा -परेवा र लौकाट नष्ट गरियो



 

काठमाडौ । केही दिन अघि चितवनमा देखिएको बर्ड फ्लू काठमाडौँ भित्रिएको छ । काठमाडौको गोकर्णेश्वर नगरपालिका ३ बालुवामा बर्ड फ्लू पुष्टि भएको हो । गोकर्णेश्वरमा कुखुरामा वर्ड फ्रलू पुष्टि भएको हो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा कुखुराको नमुना परिक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । त्यसैगरी चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरीएको छ ।यसै क्रममा पशु सेवा विभाग कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, ललितपुर, गोकर्णेश्वर नगरपालिका लगायतका निकायहरुको समन्वयमा रोग नियन्त्रणको लागि खटिएको टोलीले रोग देखिएका क्षेत्रमा रहेका सम्पूर्ण स्थानीय कुखुरा, अण्डा, दाना लगायतका रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरी रोग नियन्त्रण गरेको छ।

उक्त टोलीले २० स्थानीय कुखुरा, ५ परेवा, ३ लौकाट नष्ट गरी सुरक्षित तवरले डिस्पोज गरिएको छ। यसै गरी पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय, चितवन, राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला भरतपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवन, राप्ती नगरपालिका लगायतका निकायहरुको समन्वयमा रोग नियन्त्रणको लागि खटिएको टोलीले रोग देखिएको क्षेत्रमा रहेका १९१३ गोटा लेयर्स कुखुरा, १४ गोटा हाँस, २० गोटा हाँसको अण्डा, १००० के।जी। दाना र ३५० गोटा अण्डाको केट नष्ट गरी सुरक्षित तवरले डिस्पोज गरिएको छ। साथै रोग देखापरेको क्षेत्रलाई पूर्ण निसंक्रमण समेत गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता