Logo

ओलीको चेता वनी, ‘बत्ती निभाएर र मतपत्र च्यातेर जित्छौं भन्ने सपना नदेखे हुन्छ हामी नै बहुमत ल्याउँछौं’



 

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन कायम रहेपनि तीनवटै तहको निर्वाचनमा एमालेले बहुमत ल्याउने बताएका छन्। चुनाव केन्द्रित अभियानको उद्घाटनका क्रममा ओलीले यस्तो बताएका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने कल्पना नगर्न सत्ता गठबन्धनलाई चेतावनी दिएका छन्। बिगतमा त्यसरी समेत जितेको उल्लेख गर्दै ओलीले यस्तो चेतावनी दिएका हुन्।

‘२०७४ कै निर्वाचनमा एमालेको वर्चश्व पचिरहेको छैन। त्यतिबेला नै जितेको पचेको छैन। आउँदो निर्वाचनमा हामी बहुमत जित्छौं। अनि कसरी पचाउलान्,’ । ‘वर्तमान गठबन्धन आफ्नो स्वार्थमा केन्द्रित भएको छ। स्थानीय तहमा एमालेको वर्चश्व कायम रहेका कारणले गर्दा पनि सरकारलाई स्थानीय तहप्रति मैत्रीपूर्ण भाव छैन। उनीहरु तयार भइरहेका छैनन्। बुझ्न सकेका छैनन्,’ उनले भने।

उनले पार्टी छोडेर माधव नेपाल नेतृत्वको नेकपा ९एस०मा गएका नेता कार्यकर्ताहरूलाई पनि पार्टीमा फर्कन आग्रह गरे । “षडयन्त्रपूर्वक पार्टी विभाजन गरे पनि नेता कार्यकर्ता एमालेमा उभिएका छन् । विभाजनको असर दुई अंकमा भन्दा कमै रह्यो । केही साथीहरू भ्रममा परेर अरुतिर जानुभएको छ । पार्टीमा फिर्ता आउन आग्रह पनि गर्दछु,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता