जसले कार र पैसा लुटियो भनेर प्रहरीलाई खबर गरे, यस्तो रहस्य खुलेपछि उनै पक्राउ परे

काठमाडौ । धनुषामा अचम्मको घटना भएको छ । कार र रुपैयाँ लुटियो भन्दै प्रहरीलाई फोन गर्नेहरु नै पक्राउ परेका छन् । प्रहरीले २ जनालाई पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने दीपनारायण यादव र उनका साथी आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुले प्रहरीलाई झुटो बयान दिएर झुक्याएका थिए ।
हुँदै नभएको घटना भनेर प्रहरीलाई उल्टै गाली गरेका उनीहरुको पोल खुलेपछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार दीपनारायण र आशारामले गत सोमबार साँझ ६ बजे मोटरसाइकलमा आएका स्थानीय श्रवणकुमार चौधरीलगायत ३÷४ जना व्यक्तिले आफ्नो बा। १९ च ६६१४ नम्बरको कार र कारभित्र रहेको २ लाख रुपैयाँ लुटेको भनेर झुटो खबर प्रहरीलाई गरेका थिए ।
इलाका प्रहरी कार्यालय ९धनुषाधाम०मा टेलिफोनमार्फत उनीहरुले दिएको जानकारी झुटो ठहर भएको हो । तत्कालै प्रहरी टोलिले खोजी सुरु गरी सोही राति श्रवणलाई नियन्त्रणमा लिएर दीपनारायण र आशारामकहाँ लगेका थिए।
त्यहाँ दीपनारायण र आशारामले आफ्नो कार र पैसा नलुटिएको तथा रिसइबीका कारण श्रवणलगायतले यस्तो आरोप लगाएको स्वीकार गरेका छन् । अहिले उनीहरुलाई पक्राउ गरी धनुषा जिल्ला प्रहरी कार्यालयमा रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए।