Logo

बालुवाटारमा देउवा  ओली र प्रचण्डबीच भयो चर्का चर्की



काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटार बैठकमा चर्काचर्की भएको खुलासा भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले पनि ओलीलाई आफु प्रधानमन्त्री हुँदा एमसीसी किन अघि नबढाएको भन्दै प्रश्न गरेका छन् । उनले त्यती बेलै सभामुख अग्नी सापकोटा विरुद्ध महाअभियोग नलगाएर अहिले निउँ खोजेको भन्दै ओलीको आलोचना गरेका थिए ।

बालुवाटारमा मंगलवार तीन नेताहरुबीच चर्काचर्की भएको हो । प्रचण्डले ओलीमाथि सदनमा अवरोध गरेको भनेपछि ओलीले आफ्नो पार्टी फुटाउने डिजाइनर भनी चर्किएका थिए भने ओलीले पार्टी फुटाउने डिनाइनर भएको आ रोप प्रचण्डलाई लगाएका थिए ।

प्रचण्डले ओलीमाथि अदालतमा पनि मु द्दा हाल्ने संसदमा पनि कराइराख्ने भनेपछि ओलीले पनि ‘मेरो पार्टी फुटाउने, मेरा मान्छे चोर्ने र अनेकन डिजाइनर गर्ने’ भनेका थिए । ओलीले त्यसपछि ‘डिजाइनरहरु कस्ता हुन्छन् देखाइदिने’ चेतावनी दिएका थिए ।

ओलीले माधव नेपालसहित १४ सांसदको विषय उठाएका थिए । उनले सभामुख अग्निप्रसाद सापकोटाको विषय उठाएर कडा कदम चाल्ने चेतावनी दिए । प्रचण्डले पनि कडा स्वरमा ‘अदालतमा विचाराधीन विषय उठाएर सदन अवरोध गरेको र सभामुखलाई तारोमा पारेको’ भनेका थिए ।

ओलीले एमसीसी टेबुल गर्न आनाकानी गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने प्रस्ताव देउवालाई राखेका थिए । देउवाले पनि ओली ‘प्रधानमन्त्री हुँदा एमसीसी किन अगाडि नबढाएको  ?  ‘सभामुखलाई महाभियोग लगाउने कदम किन नचालेको  ?  भनी प्रश्न गरेका थिए । बालुवाटारमा २३ माघमा २ घन्टा चलेको छलफल पछि तीन नेताहरुले आ आफ्नो बाटो स्पष्ट गरिसकेको बुझिएको छ । त्यो अब विस्तारै राजनीतिक परिस्थितिका रुपमा देखापर्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता