एमसीसीका बारेमा माओवादीले ल्यायो यस्तो नयाँ प्रस्ताव, अब के गर्लान् प्रधानमन्त्री देउवा ?

काठमाडौ । अमेरिकी सहयोग एमसीसीलाई लिएर सत्ता साझेदार दलहरुबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेर वहादुर देउवा अब कुनै पनि हालतमा एमसीसी पास गर्ने मनस्थितीमा छन् भने माओवादी र समाजवादी यथास्थितीमा पास गर्न नहुने बताउँछन् । सुरुमा एमसीसीको विरुद्ध निकै खरो उत्रिएको माओवादीलाई अब एमसीसीका पक्षमा जनमत बनाउन निकै समस्या भएको छ ।
पार्टी भित्र तिब्र विवाद भएपछि प्रचण्डलाई पनि देउवालाई एमसीसी संसदमा लैजाने कुरामा सहयोग गर्न समस्या भएको छ । पार्टी भित्र एमसीसीका बारेमा धारणा बनाउन गरिएको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० बारे जनमत संग्रहबाट निर्णय लिनपुर्ने बताएका छन्।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसद किरातीले एमसीसीलाई गोलमेच सम्मेलन वा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने कुरा राखेका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पत्र लेखेर गल्ती गरेको पनि सांसद किरातीले बताएका छन्।
हामीले सकिन्छ भने जनमत संग्रह गरौँ। सकिँदैन भने गोलमेच सम्मेलन गरेर एउटा आवाज बनाऊँु, उनले भने, यद्यपि एमसीसी राष्ट्रघाती नै हो।ु
एमसीसी राष्ट्रिय स्वाधीनतासँग जोडिएकाले पनि जनमतसंग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने तर्क उनले दोहोर्याए। बैठकमा किरातीले एमसीसीलाई संसदको सामान्य बहुमतले पास गर्न नहुने पनि बताएका छन्। एमसीसी अमेरिकी सैन्य रणनीति इण्डो प्यासिफिकअन्तर्गत भएकाले संसद्को सामान्य बहुमतबाट पास गर्न नहुने तर्क उनले गरे।