Logo

यसरी मिल्दैछन् देउवा ओली, गठबन्धन भत्कने सम्भावना बढ्दै !



 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेर वहादुर देउवालाई एमसीसीमा एमालेको समर्थन आवश्यक भए गठबन्धन तोड्नुपर्ने सर्त राखे । अहिले एमसीसीका विषयमा बढ्दो टकरावले सत्ता गठबन्धनमा संकट देखा परेको छ । माओवादी र एकिकृत समाजवादी यथास्थितीमा एमसीसी पास गर्न नहुने पक्षमा छन् ।

एमसीसीलाई नै आधार बनाएर गठबन्धन फुटाउने रणनीतिमा एमाले देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै पनि हालतमा पनि एमसीसी पास गर्ने दिसामा अघि बढेपछि सत्ता गठबन्धनमा टकराव बढ्दै गएको छ । एमसीसीका विषयमा गठबन्धनमा कोहि बाधक भए नयाँ समिकरण बन्ने कांग्रेस नेताहरुको अभिव्यक्तिका बीच एमसीसी टेवुल भएकै दिन गठबन्धन छाड्ने माओवादी केन्द्रले चेतावनी दिने गरेको छ । तर एमालेले भने यसैलाई आफ्नो दाँउपेचको विषय बनाएको छ ।

उता सभामुख पनि कुनै हालतमा एमसीसी पास हुन नदिने पक्षमा देखिएका छन् । उनले दिएका सार्वजनिक अभिब्यक्ति त्यस्तै छन् । गठबन्धन भित्र एमसीसीका पक्षमा सहमति जुटाउन नसक्ने र एमालेले सहयोग गर्ने बचन दिएपछि गठबन्धन कमजोर हुँदै गएको छ । यता प्रमुख प्रतिपक्षी एमाललेले यसैलाई दाँउपेचको विषय बनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता