नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थाल्यो : डब्ल्यूएचओ
काठमाडौं । विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताएका छन् ।
मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभिड प्रतिकार्य टोलीका सदस्य डा। बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ (सहप्रजाति) बीए।२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् ।
डब्लुएचओको कोभिड(१९ रेस्पोन्स टिमका डा बोरिस पाभलिनले एक अनलाइन सम्बोधनका क्रममा खोपले ओमिक्रोनको विभिन्न स्वरुपमा पनि समान सुरक्षा प्रदान गर्ने बताए।
ओमिक्रोन भन्दा बीए।२ गम्भीर रहेको र चाँडो सं क्र मण भइरहेको समाचारहरु सार्वजनिक भइरहँदा डब्लुएचओले ओमिक्रोन भन्दा सहायक भाइरस बीए।२ थप गम्भीर नदेखिएको बताएको हो।
डेनमार्क लगायतका कतिपय देशमा ओमिक्रोनको बीए।२ सहायक भेरियन्टले बीए। १ भेरियन्टलाई प्रतिस्धापन गरिरहेको बताइएको छ।
‘डेनमार्कको तथ्यांकलाई आधार मान्ने हो भने बीए।२ ले बीए।१ लाई उछिनेको छ। तर रोगको भिन्नतामा कुनै गम्भीरता देखिएको छैन। यद्यपि बीए।२ ले विश्वव्यापी रूपमा बीए।१ लाई प्रतिस्थापन गर्ने सम्भावना छ,’ पाभलिनले थपे।