एमसीसी पारित गर्न देउवा र ओलीबीच भद्र सहमति

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित गर्न सरकारलाई जति दबाब छ, त्यति नै बढी एमसीसीबारे सहमति जुटाउन गठबन्धन दलहरुलाई सकस। एमसीसी पारित गर्नेबारे गठबन्धनका शीर्ष नेतृत्वबीच आंशिक सहमति भएको छ। तर, गठबन्धनमा आबद्ध दलहरुले एमसीसीबारे पार्टीभित्र भने घनिभुत छलफल गरेका छैनन्।
सबैभन्दा बढी नेकपा माओवादी केन्द्रमा एमसीसी पारित गर्नेबारे सहमति जुटाउन अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई सकस परेको छ। अमेरिकाले जनवरीसम्म एमसीसीबारे निर्णय लिन आग्रह गरेबमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन बैठकमा ‘एमसीसी पास गरौं’ भन्ने प्रस्ताव राखेका हुन्। प्रधानमन्त्रीको प्रस्तावपछि गठबन्धन दलहरु आन्तरिक छलफलमा जुटेका छन्।
जनवरीभित्र एमसीसीबारे नेपालका राजनीतिक दलहरुलाई सहमति जुटाउन अमेरिकाले समय दिएको थियो। राजनीतिक दलहरुबीच सहमति कायम भए फेब्रुअरीभित्र संसदबाट अनुमोदन गरी एमसीसी कार्यान्वयनमा लैजाने अमेरिकीको तयारी छ। अमेरिकाले सोही कुरा प्रधानमन्त्रीदेखि सत्ता गठबन्धन र विपक्षी