Logo

आज पनि संक्रमित भन्दा निको हुने धेरै



 

काठमाडौ । नेपालमा कोरोना संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढेको छ। गएको २४ घण्टामा ५ हजार २९२ जना संक्रमित थपिएका छन्। यही अवधिमा ८ हजार १९१ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज १६ हजार ८८ नमूना परीक्षण गरिएको थियो।

१० हजार ३ सय ६८ पीसीआर परीक्षण गरिएकोमा ३ हजार ४७२ र ५ हजार ७२० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, आज ८ जनाको मृत्यु भएको छ भने ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्। हिजो ३ हजार ५४० जनामा संक्रमित थपिएका थिए भने ६ हजार ३५९ डिस्चार्ज भएका थिए। हिजो ३२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको थियो।

यो पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मौज्दात खोप र खोप लगाइसकेकाहरूको विवरण पेश गर्न निर्देशन दिएको छ। कोरोनाविरूद्ध मोज्दात खोप र खोप लगाएका सबै व्यक्तिको विवरण अनिवार्य पेश गर्न मन्त्रालयले आज सूचना निकालेर आग्रह गरेको हो।

माघ २१ गते शुक्रबार अपरान्ह ३ देखि ४ बजेभित्रमा खोप लगाइसकेकाहरूको विवरण र मोज्दात खोपबारे विवरण दिइसक्नुपर्नेछ। स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा, सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, ७७ जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय तहहरूले खोप लगाइसकेका र मौज्दात खोपबारे विवरण पेश गर्नुपर्ने हुन्छ।

यस्तै, आज ८ जनाको मृत्यु भएको छ भने ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्। हिजो ३ हजार ५४० जनामा संक्रमित थपिएका थिए भने ६ हजार ३५९ डिस्चार्ज भएका थिए। हिजो ३२ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता